बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशले मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवासुविधा तोकेको छ ।
आइतबार बसेको प्रदेशसभाको बैठकले कर्णाली प्रदेशसभाका सदस्यहरुको सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
विधेयक पारित भएसँगै अब मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० रुपैयाँ र मन्त्रीहरुको ५२ हजार रुपैयाँ हुनेछ । विधेयकमा मुख्यमन्त्री र मन्त्रीहरुले आवश्यकता अनुसार एकजना विषयगत सल्लाहकार राख्न पाउनेछन् ।
यस्तै प्रदेशसभाका सभामुखको मासिक पारिश्रमिक ५३ हजार, उपसभामुखको ५० हजार तोकिएको छ । यस्तै प्रदेशसभा सदस्यहरुको ४४ हजार, दलका प्रमुख सचेकको ४८ हजार र विपक्षी दलका नेताको ५० हजार तोकिएको छ ।
प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभाको बैठक बसेको दिन प्रतिदिन पाँच सय यातायात खर्च उपलब्ध गराउने, सचिवालय व्यवस्थापन, फर्निचरका लागि पाँच वर्षका लागि एक पटक १५ हजार उपलब्ध गराउने, सवारी इन्धन, सञ्चार सुविधालगायतका सुविधाको पनि व्यवस्था गरिएको छ ।
प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशसभा सदस्यहरुलाई सरकारी आवासको व्यवस्था गरिएको छ । वीरेन्द्रनगर घर भएका सदस्यहरुलाई घर मर्मत सम्भारका लागि ५० प्रतिशत आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।