टी–२० विश्व कप छनोटका लागि नेपाली टाेलीको घोषणा

 कात्तिक ११, २०८० शनिबार ९:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - टी–२० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

टोलीमा परिवारलाई समय दिने भन्दै त्रिदेशीय टी–२० शृङ्खला नखेलेका सन्दीप लामिछाने पनि टोलीमा समेटिएका हुन् । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट सोमवारदेखि आउँदो २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

समूह 'ए' मा नेपाल, सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आउँदाे वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्व कप खेल्न पाउनेछन् ।

नेपाल फाइनलमा पुगेमा सन् २०१४ पछि पहिलो पटक टी–२० विश्व कप खेल्न पाउने छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया