तिहारअघि नै झिलिमिली काठमाण्डाै उपत्यका (फोटोफिचर)

 कात्तिक ११, २०८० शनिबार ९:५९:२८ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नेपालीहरुकाे सबैभन्दा ठूलाे पर्व वडादशैँ आजदेखि सकिएकाे छ । यस्तै, दाेस्राे ठूलाे चाड तिहार नजिकिँदै छ ।

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । एकआपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । 

तर, काठमाण्डाै उपत्यकाका बजार, गल्ली आजकाल नै झिलिमिली देखिन्छन्। तिहार आउनु दुई हप्ता अघिदेखि नै काठमाण्डाैका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ । 

हिजोआज परम्परागत दियोकाे ठाउँ आधुनिक झिलिमिली बत्तीले पाएको छ । जसले यतिबेला काठमाण्डाै उपत्यकाका बजारहरु झिलिमिली पारेकाे छ । 

न्युज एजेन्सी नेपालले खिचेका तस्बिरहरु :

अन्तिम अपडेट: कात्तिक २०, २०८०

तपाईको प्रतिक्रिया