शेयर बजार ३ अङ्कले बढ्यो, ६९ करोड ४२ लाख रुपैयाँको कारोबार

 कात्तिक १३, २०८० सोमबार १५:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको शेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको शेयर झन्डै छ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बजार सामान्य बढेकाे दिन २८ लाख २४ हजार कित्ता शेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर शेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया