भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध : उद्धारमा कठिनाइ

 कात्तिक १८, २०८० शनिबार ६:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिनुभएको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिनुभयो । उद्धारमा सहयोगको लागि उहाँले स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थासँग अनुरोध गर्नुभएको छ ।

 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया