भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड रुपैयाँ सहयोग

 कात्तिक १८, २०८० शनिबार १३:०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम सरकारले कर्णाली प्रदेशका भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरी एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभयो।

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ बजेर ४७ मिनेटमा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट गरेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया