सरकारद्वारा भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न निर्देशन

 कात्तिक १८, २०८० शनिबार १७:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई केही दिन बिदामा नबस्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

बिदामा भएका कर्मचारीलाई पनि यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भइ कामकाजमा खट्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचार सहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन पालिकाका कर्मचारी तथा पदाधिकारीलाई अनुरोध समेत गरेको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया