उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – आईएमई ग्रुपले भूकम्प पीडितका लागि एक कराेड ५० लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेशनले भूकम्प प्रभावितका लागि एक करोड ५० लाख रुपैयाँ सहयाेग गर्ने भएका हुन् ।
जाजरकोट,रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा याे रकम प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । ती क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेशनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने छन् ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यस पटक पनि हरसम्भव सहयोगका लागि जुटेको
बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।