तीन वटा रंगशाला राष्ट्रिय गौरवका आयोजना घोषणा, फटाफट काम हुने दाबी

 कात्तिक २३, २०८० बिहीबार १४:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले काठमाण्डौको मूलपानी क्रिकेट मैदान, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेर निर्माणलाई तीव्रता दिइने मन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाले मागेजति बजेट पाउने, वन र जग्गाको विवाद भएमा तत्कालै समाधान निकाल्ने, बन्द हड्ताल गर्न नपाउने लगायतका सुविधा पाउने हुँदा काम छिटो हुने सम्भावना हुन्छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया