प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

 कात्तिक २३, २०८० बिहीबार १४:४४:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा जोर बिजोर प्रणाली ठीक भएको समीक्षा गरेकाले दिल्लीमा अब जोर बिजोर लागू हुनेछ ।

यस्तै, वायु प्रदूषणसँग जुध्न यही नोभेम्बरको २० तारिखदेखि क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा गराउने योजना रहेको छ ।  दिल्लीका वातावरण मन्त्री गोपाल राईका अनुसार यातायात विभागलाई एपमा आधारित ट्याक्सी अर्थात् ओला–उबेरलाई ‘सर्वोच्च अदालतको आदेश अनुसार’ प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले अस्ति मंगलवार दिल्ली सरकारलाई दिल्लीमा दर्ता भएका ट्याक्सीहरू मात्र सहरमा चल्न दिने विषयमा सोच्न सक्ने आदेश दिएको छ । दिल्ली बाहिरबाट एक जना मात्रै बोकेर ठूलो संख्यामा गाडी दिल्लीमा भित्रँदा प्रदूषण झन बढेको भन्दै सरकारले यसलाई रोक लगाउने तयारी गरेको छ ।

यस्तै, प्रदूषणको बढ्दो स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले डिसेम्बरको सट्टा आजदेखि १८ तारिखसम्म जाडो बिदाको समय तालिका बनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया