महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

 कात्तिक २३, २०८० बिहीबार १७:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी छिन् । 

यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । तर कप्तान र उपकप्तान परिवर्तन गरिएको क्यानले जनाएको छ ।

यस्तै, कन्चन श्रेष्ठ, सोमु बिष्ट र सोनी पाख्रिनले पहिलो पटक सिनियर टोलीबाट खेल्दैछन् । शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानियासँग खेलेर प्रतियोगिताको शुरुवात गर्नेछ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया