फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
मंसिर १०, २०८१ सोमबार
सानो कोठा, कोठा वरिपरि मादल, कुनै बनिसकेका, कुनैको आधा काम सकिएको अनि कुनै चाहिँ काम पनि सुरु नभएका । कोठाको कुनामा धोक्रोमा केही सामान पनि छन् । कोठा सानै भए पनि मानिसको चहलपहल भने बढ्दो । अनि एउटा कुनामा ३६ वर्षीय सागर लामा बस्नुभएको छ ।
अर्को कुनामा उहाँकी श्रीमती र छोरी । अनि बीचमा एक जना मादलको बारेमा सोधिखोजी गर्दै थिए । चार जनालाई बोल्ने फुर्सद पनि छैन । लामा काठको ढुंग्रोमा छालाको तार लगाउँदै हुनुहुन्छ । उहाँले तार लगाएको ढुंग्रोमा खरी हाल्न व्यस्त हुनुहुन्छ लामाकी श्रीमती । अनि छोरीचाहिँ बुवाआमाको काम सहयोग गर्दै हुनुहुन्छ ।
धादिङ स्थायी घर भएका लामाको परिवार ललितपुरको जावलाखेलबाट झण्डै ३ किलोमिटर पर ललितपुरको तिखेदेवलमा बस्छ । दुई छोरा, एक छोरी र श्रीमतीसँग तिखेदेवलमा बस्दै आउनुभएका लामाको परिवारलाई अहिले भ्याइनभ्याई छ । खाना खाने फुर्सद पनि छैन ।
डमरु, तबला, मादल लगायतका बाजा उहाँको परिवारले बनाउँछ । अहिले तिहारका लागि पनि मादलको माग बढेको छ । एउटा मादल बनाउन काठको ढुंग्रो, बाख्राको छाला, गोरुको छाला र खरी चाहिन्छ । लामाले एक दिनमा ५ वटासम्म मादल बनाउने गर्नुभएको छ । मादल बनाउन चाहिने काठको ढुंग्रो धादिङबाट, बाख्राको छाला पाकिस्तान र गोरुको छाला भारतबाट ल्याउने गरेको उहाँ बताउनुहुन्छ ।
काठको ढुंग्रोमा बाख्रा र गोरुको छारा बेरेर भातको माडले खरी टाँसेपछि एउटा मादल बजाउन मिल्छ । भन्न जति सजिलो छ मादल बनाउन त्यत्ति नै गाह्रो । थोरै मात्र गडबडी भए पनि मादल विग्रन्छ । त्यसबाट आवाज आउँदैन । बुबाआमालाई सघाउँदा सघाउँदै १८/१९ वर्षको उमेरदेखि नै लामाले मादल बनाउन थाल्नुभयो ।
३६ वसन्त पार गरेका लामाको परिवारलाई मादल बनाउन मात्र होइन, बाजा बजाउन पनि आउँछ । फुर्सद हुँदा आफूहरु मादल बजाएर दोहोरी खेल्ने अनि नाच्ने गरेको पनि सागर लामा रमाइलो गरी सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो बुवा सात रात सात दिनसम्म नै मादल बजाएर गीत गाउन सक्नुहुन्छ । सानोतिनो चाडमा त घरमा बुवाआमा छोरा छोरी सबै जना बसेर नाचगान गर्छौँ, निकै रमाइलो हुन्छ । हाम्रो परिवार अर्कै छ । रमाइलो गर्न अरु कोही चाहिँदैन ।’
लामाको पसलमा एउटा मादल १३ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा आउँछ । उहाँले एउटा मादल होलसेलमा दिँदा १८ सय देखि २ हजारसम्म लिने गर्नुभएको छ । तर खुद्रा रुपमा बेच्दा भने एउटाको २५ सय रुपैयाँसम्म लिने गर्नुभएको छ । चिसो नहुने घाम लाग्ने ठाउँमा राख्ने र छेउ पारेर बजाउने गर्दा एउटा मादल तीन वर्षसम्म टिक्ने उहाँको भनाई छ ।
यसअघि उहाँले केही समय मालीको काम गर्नुभयो । तर कामै नभएको बेलामा पनि महिनामा एक जनाको कमाई २५/३० हजार हुने भएपछि उहाँ मादलसँगै डमरु, तबला लगायतका बाजा बनाउन लाग्नुभएको हो । उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा ठूलो कुरा सीप हो । आफ्नो हातमा सीप भैसकेपछि अर्काको शरणमा पर्न पनि परेन बरु अरुलाई पनि रोजगारी दिन सकिन्छ ।
भूकम्पअघि पाँच जनालाई तलब दिएर मादल बनाउने काममा राख्नुभएका उहाँ अहिले भने परिवारको सहयोग लिनुहुन्छ । भूकम्पपछि धेरै जना पुनर्निर्माणमा गएकाले कामदार कम भएको उहाँको भनाई छ । अहिले पनि एक दुई जनालाई काम दिन सक्ने लामा बताउनुहुन्छ ।
फोटो : शसिन्द्र गौतम
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।