‘बेइजिङ’ लाई ‘बेगिङ’ देखाएपछि पाकिस्तानी टेलिभिजनका प्रमुखको जागिर गयो

 कात्तिक २०, २०७५ मंगलबार १९:५९:२० | एजेन्सी
unn.prixa.net

पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन(पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ ।

समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ BEIJING काे सट्टा बेगिङ BEGGING लेखेकाले उनलाई पदबाट हटाइएको हो ।

इमरान खान सोमबार देखि चीनको पाँच दिने औपचारिक भ्रमणमा रहेका छन् । पाँच नोभेम्बरमा चीनको राजधानी बेइजिङमा भएको एक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा अंग्रेजीमा ‘बेइजिङ’ लेख्नुपर्नेमा ‘बेगिङ’ अर्थात भिख माग्नु हुन गएको थियो ।

२० सेकेण्डसम्म ‘बेगिङ’ टेलिभिजन स्क्रीनमा देखिएको थियो । पछि गल्ती महसुस गर्दै च्यानलले त्यो शब्द टेलिभिजनबाट हटाएको थियो । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया