गाजामा राहत साम‍ग्री पुर्याउनै मुस्किल, राष्ट्रसङ्घद्वारा ‍भोकमरीको चेतावनी

 मंसिर १, २०८० शुक्रबार १७:२०:३६ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएकाे छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएकाे हाे । 

राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले खाद्यान्न र पानीको चरम अभाव रहेको गाजामा तत्कालै भोकमरीको सम्भावना रहेको चेतावनी दिएको छ ।

यसैबीच इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजामा रहेको अल सिफा अस्पताल परिसरमा रहेको हमासको सुरुङ पत्ता लगाएर आक्रमण गरेको दाबी गरेको छ ।

आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई अस्पताल परिसरभित्रै राखेको गोप्य सूचना प्राप्त भए पनि त्यहाँको सुरुङ पत्ता लाग्नुपूर्व नै बन्धकहरूलाई अन्त सारिसकिएको देखिएको बताउनुभएको छ ।

इजरायली सुरक्षा फौजले हमासले बन्धक बनाएकामध्ये दुई जनाको शव भेटेको पनि बताएको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर झण्डै १२ सय मानिस मार्नुको साथै २ सय ४० जनालाई बन्धक बनाएर लगेको थियो । 
 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया