फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि आक्रमण गर्ने योजना बनाएका ६ व्यक्ति पक्राउ

 कात्तिक २१, २०७५ बुधबार ८:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रहरीको प्रहरीले राष्ट्रपति इम्यानुएल म्याक्रोनमाथि आक्रमणको योजना बनाएका ६ जनालाई पक्राउ गरेको छ ।

फ्रान्सको पूर्वीय क्षेत्र मोसेले र इसेरे तथा उत्तर पश्चिम क्षेत्रबाट ६ जना व्यक्तिलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ । तर पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन । प्रहरीले गोप्य सूचनाको आधारमा केही व्यक्तिले राष्ट्रपति म्याक्रोनमाथि आक्रमण गर्ने योजना बनाइरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

अधिकारीहरुले त्यो समूहले किन राष्ट्रपतिमाथि आक्रमण गर्ने योजना बनाएको हो भन्ने अनुसन्धान भैरहेको बताएका छन् । सन् २०१७ को जुलाईमा २३ वर्षका एकजनाले राष्ट्रपति माक्रोनको हत्या गर्ने योजना बनाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सैनिक परेडमा सहभागी भएको बेला राष्ट्रपति म्याक्रोनको हत्या गर्ने योजना बनाएको आरोपमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले प्रहरीलाई आफूले म्याक्रोनलाई सैनिक परेडको बेला हत्या गर्ने योजना बनाएको बयान दिएका थियो । प्रहरीले ती व्यक्तिको साथबाट तीनवटा चक्कू बरामद गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया