पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक रौनियार एमालेमा प्रवेश

 मंसिर ५, २०८० मंगलबार १५:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समयमै काम नसकेर पटक–पटक विवादमा आएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्शनका पूर्वसञ्चालक हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद तथा निर्माण व्यवसायी हरिनारायण रौनियारलाई पर्साको पोखरियामा भएको एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउनुभएको हो । रौनियारसँगै अरू व्यक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।

रौनियार २०७४ को चुनावमा पर्सा क्षेत्र नम्बर ३ बाट सांसद निर्वाचित हुनुभएको थियो । रौनियारले जसपा अध्यक्ष यादव एकलौटी गरेपछि एमालेमा प्रवेश गरेको बताउनुभयो ।

पप्पु कन्स्ट्रक्शनले ठाउँठाउँमा विकास निर्माणका काम अलपत्र पारेपछि सरकारले कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८०

तपाईको प्रतिक्रिया