पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर ६ महिनासम्म निषेधाज्ञा

 मंसिर ५, २०८० मंगलबार १७:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको पुल्चोकको मन्त्री निवास र संयुक्त राष्ट्रसङ्घको कार्यालय वरपर छ महिनासम्म निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको संयुक्त राष्ट्रसङ्घको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी छ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम आज अर्थात् मङ्सिर ५ गतेदेखि लागू हुने गरी छ महिनाका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

निषेधाज्ञा जारी भएको ठाउँमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशनजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८०

तपाईको प्रतिक्रिया