विश्वकप छनोटमा नेपाल यमनसँग पराजित

 मंसिर ५, २०८० मंगलबार २१:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २-० गोलको अन्तरले पराजित भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि यमनले दोस्रो हाफमा २ गोल गर्यो । यमनका लागि ओमर अब्दुल्लाहले ७२ र अब्दुल्लाह अल दाहीले अन्तिम मिनेटमा गोल गरे ।

यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४-० गोलको अन्तरले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह 'एच' मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया