हरिबाेधनी एकादशीमा लमजुङकाे सुन्दरबजार र राइनासमा सार्वजनिक बिदा

 मंसिर ६, २०८० बुधबार २०:२९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, सुन्दरबजार–७ काे पाउँदीमा लागेकाे एकादशी मेला

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका दिन भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

हिजाे मङ्गलवार बसेकाे बैठकले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । भाेलि नगरपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य तथा मातहतका कार्यालयहरू बन्द रहने उहाँले बताउनुभयो ।

हरिबोधनी एकादशीका दिन सुन्दरबजार नगरपालिका–७ पाउँदी कर्मदा नदीकाे शिवजी मन्दिर परिसरमा मेला लाग्ने गर्दछ । मेला भर्न ठूलाे सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

यसैगरी राइनास नगरपालिकाको पनि हरिबाेधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर खड्गबहादुर गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया