पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
जुम्ला – जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । हिजो भएको कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गर्नुभयो ।
सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।
त्यही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिनुभयो ।
साक्षर घोषणाको मापदण्डनुसार १५ वर्षमाथि र ६० वर्षमुनिका नागरिकले आफ्नो नाम लेख्न सक्ने, १ देखि १० सम्म गन्न सक्ने, मोबाइल चलाउन सक्ने, फोन गर्न सक्ने, ट्राफिक नियम पालना गर्न सक्नेलगायत १२ वटा सूचकको ५० प्रतिशत पूरा गरेमा साक्षर पालिकादेखि जिल्ला घोषणा गर्न मिल्ने प्रावधान छन् । यसअघि जुम्लाका आठवटै पालिका साक्षर घोषणा भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।