परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – भाेलि बिहीवार मङ्सिर ७ गतेकाे विरोध प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था बलियाे बनाएको नेपाल प्रहरीले जनाएको छ ।
मङ्सिर ७ गते नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको काठमाण्डाै प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताउनुभएको हो । उहाँले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताउनुभयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै एसएसपी खत्रीले आमसर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नका लागि गाडी आउजाउलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको जानकारी गराउनुभयाे । उहाँले कुनै डर र त्रास नलिइकन आफ्नो दैनिकी बिताउन सर्वसाधारणलाई आग्रह गर्नुभयो । गाडी आउजाउमा केही केही समस्या भए पनि त्यसका लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाैमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रस्ट्याउनै पर्ने हुन्छ । काठमाण्डाैमा हुँदै गरेको विरोध कार्यक्रमलाई मध्यनजर गरी प्रहरीले एकीकृत सुरक्षा योजना लागू गरेकाे छ । भोलि तीनकुने र बल्खुमा हुने कार्यक्रमलाई मध्यनजर गरी हामीले सर्वसाधारणकाे दैनिकीलाई सहजीकरण गर्नका लागि गाडी आउजाउलाई व्यवस्थित गर्छाैँ । विरोध कार्यक्रमलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? कसरी व्यवस्थित बनाउन सकिन्छ ? कसरी मर्यादित बनाउन सकिन्छ भनेर सुरक्षाकाे प्रबन्ध गरेका छौँ । सर्वसाधारणलाई कुनै संशय विना यात्रा गर्न आग्रह गर्छु ।’
एसएसपी खत्रीले काठमाण्डाैका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रबन्ध गरिसकेको र प्रभावकारीरूपमा सुरक्षा व्यवस्थालाई अघि बढाएको बताउनुभयो ।
यसअघि आजै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने भाेलि बिहीवार अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन आग्रह गरेकाे थियाे । कार्यालयले घरबाट निस्कन परेमा नेपाल प्रहरीको हटलाइन १०० मा र ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गरेर निस्कन आग्रह गरेको छ । यस्तै सडकको अवस्था बझेर यात्रा गर्न पनि सूचनामार्फत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।