प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन : काठमाण्डौ प्रशासन

 मंसिर ८, २०८० शुक्रबार १०:३८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति नरहेको जनाएको छ ।

महाअभियानको नाममा गलत मनसायकासाथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले त्यस क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

स्थानीय प्रशासनसँग कुनै समन्वय नगरि गलत मनसायका साथ कार्यक्रम गर्न लागिएकाले तीनकुने क्षेत्र प्रयोग गर्ने अनुमति नभएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रविन्द्रप्रसाद आचार्यले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवम् व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भएमात्रै उपयुक्त ठाउँ उपलब्ध गराउने स्थानीय प्रशासनले स्पष्ट पारेको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । 

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया