नेपालमा राजतन्त्र हुनै सक्दैन : केपी ओली

 मंसिर ८, २०८० शुक्रबार १७:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले राजतन्त्र नेपालीले वाक्क, दिक्क भएर फ्याँकेको भन्दै फेरि फर्कन नसक्ने दाबी गर्नुभएकाे छ ।

आज शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालीले हेर्दाहेर्दा वाक्क, व्याक्क, दिक्क भएर १५ वर्षअघि नै राजतन्त्र फ्याँकेका हुन् । राजनीतिक रूपले, वैचारिक रूपले, सैद्धान्तिक रूपले, कुनै हिसाबले पनि नेपालमा राजतन्त्र हुनै सक्दैन । चेतना नै नभएकाहरूले राजतन्त्र मान्छन् । नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हाे र ? त्यो त मुर्खता हो नि । कतिपय देशहरूले विभिन्न सम्झाैताका कारणले राजतन्त्र मानेका छन् । हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपालीले फालेका हुन् । राजाले केही पनि गरेनन् । राजा भएर बस्ने, दुनियाँलाई दुःख दिने बाहेक के गरेँ राजाले ?’

अध्यक्ष ओलीले बल्खुमा हिजाे भएको प्रदर्शनमा पाँच/सात हजार मान्छे भन्दै वर्तमान सरकार त्यसबाट थर्कमान भएको बताउनुभयो । कुनै जग नभएकाहरूको प्रदर्शनबाट पनि वर्तमान सरकार थर्कमान भएको उहाँको भनाई थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया