परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - ललितपुरमा चलिरहेको ऐतिहासिक कात्तिक नाचमा आज मुख्य आकर्षणकाे नृसिंह अवतारको नाच प्रर्दशन गरिँदैछ ।
आज बेलुका ७ बजेपछि मङ्गलबजारको कात्तिक डबलीमा नृसिंह अवतारको नाच प्रदर्शन हुनेछ । आजको नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिनेछ ।
नाचमा नृसिहं भएर राजोपाध्याय समुदायको कलाकारले खेल्नेगर्छन् । त्यस्तै, हिरयण्कशिपु भएर चित्रकार समुदायका कलाकार खेल्ने चलन छ । यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकाले नाचमा खेल्ने कलाकारहरुले भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नुपर्छ ।
नाचमा हिरण्यकशिपु भएर खेल्ने कलाकारलाई नृसिहंले काखमा राखेर नङ्गले कोपरेर बेहोस गरेपछि तलेजुका पुजारीले जल अभिषेक गरेर ब्युँताउने परम्परा छ । तान्त्रिक नाच भएकाले आजका दिन मङ्गलबजारमा नाच हेर्न आउने दर्शकहरुको विशेष भिड हुनेगर्छ । हिजो बराह अवतारको नाच देखाइएको थियो ।
गएको मंसिर २ गतेदेखि शुरु भएको कात्तिक नाच पर्सि सकिँदैछ । नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको मानिन्छ । यस वर्ष यो नाच सञ्चालन भएको ३ सय ८३ वर्ष लागेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।