काठमाण्डौमा पानीकाे बाेतलभित्र किरा भेटियो, महानगरले १ लाख रुपैयाँ जरिबाना तिरायाे

 मंसिर ११, २०८० सोमबार १६:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सिल लगाएको पानीकाे बाेतलभित्र किरा भेटिएपछि एक पानी प्रशोधन कम्पनीलाई काठमाण्डौ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना तिराएको छ ।

गुणस्तरहीन पानी बेचेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै महानगरले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीलाई एक लाख रुपैयाँ जरिबाना तिराएको हो । आज साेमवार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बी वेभरेज इन्डस्ट्रिज प्रालीबाट उत्पादित पानीको बोतलभित्र किरा भेटाएको थियो ।

महानगरले कम्पनीलाई पानीको प्रशोधन र प्याकिङमा ध्यान दिन र बेला–बेला मेशिन पनि परीक्षण गराउन निर्देशन दिएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया