काठमाण्डौको रातोपुलबाट स्पा सञ्चालक पक्राउ, दुई बालिकासहित तीन जनाको उद्धार

 मंसिर १२, २०८० मंगलबार ८:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रोजगारीको नाममा काठमाण्डौमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ ।

काठमाण्डौ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी ब्युरोले सार्वजनिक गरेको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेर स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पौडेलले रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा त्यहाँ काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्युरोले जनाएको छ ।

स्पा सेन्टरमा काम गर्ने युवतीलाई मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको तथा नमानेमा शारीरिक तथा मानसिक यातनासमेत दिने गरेको खुलेको पङ्गेनीले बताउनुभयो । उद्धार भएकामध्ये दुई जना बालिका रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया