सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय पुग्यो

 मंसिर १२, २०८० मंगलबार १०:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो  । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । अस्ति आइतवार तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।  
 

अन्तिम अपडेट: फागुन १४, २०८०

तपाईको प्रतिक्रिया