परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
जुम्ला – जुम्लाको तिला गाउँपालिकामा नक्सा पास नगरी घर बनाउन नपाइने भएको छ । अबदेखि पक्की घर बनाउन अनिवार्यरुपमा नक्सा पास गर्नुपर्ने भएको छ ।
गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत भीमा कँडेलले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्रै निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह पनि गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कँडेलले भन्नुभयो, ‘यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । म कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतको लागि कार्यपालिकाबाट निर्णय गरेर कार्यविधि पारित गरी यस्तो व्यवस्था गरिएको हो । पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवनको निर्माण शुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि यस्तो व्यवस्था गरिएको हो । यसो गर्न नौवटै वडालाई परिपत्र गरिएको छ । नक्सा पास नगरी निर्माण कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।’
गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । नक्सा पास गरिसकेपछि निर्माण कार्य गर्दा पालना गर्नुपर्ने शर्तहरु पनि लागू गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।