पाेखरा र ललितपुरबीचकाे खेल गाेलरहित बराबरीमा सकियाे

 मंसिर १३, २०८० बुधबार १९:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले केही अवसर बनाए पनि गाेल गर्न सकेनन् । याेसँगै दुवै टाेलीले १/१ अङ्क बाँडेका छन् । दुवै टाेलीले आ–आफ्नाे पहिलाे खेल जितेका थिए । पोखराले चितवनलाई र ललितपुरले बुटवल लुम्बिनीलाई हराएको थियो । आजकाे बराबरीसँगै दुवै टाेलीकाे ४/४ अङ्क भएकाे छ । 

प्रतियाेगितामा भाेलि बिहीवार धनगढी एफसी र बुटवल एफसीबीच खेल हुनेछ ।

अन्तिम अपडेट: फागुन १२, २०८०

तपाईको प्रतिक्रिया