बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै चिकित्सक सङ्घको आपत्ति

 मंसिर १४, २०८० बिहीबार १३:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।

हिजो बुधवार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहले गुन्डागर्दी र दादागिरी शैलीमा गम्भीर घाइते हुनेगरी कुटपिट गर्ने, गालीगलौज गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेको सङ्घले जनाएको छ ।

उपचारका क्रममा भएको मृत्युलाई लापर्बाही भनी अस्वाभाविक आरोप लगाएको र वार्ता भइरहेकै बेलामा डाक्टरमाथि नै आक्रमण भएको भन्दै सङ्घले भर्त्सना र निन्दा गरेको छ । उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारण नै आतङ्कित हुनेगरी घटाइएको घटनाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको सङ्घले जनाएको छ ।

कुटपिट र अमानवीय क्रियाकलापमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कानुनी कारबाही गरेर सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया