परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कुमा रहेकाे कालिका आधारभूत विद्यालयमा ‘जन्मदिनमा फूलसहितको गमला उपहार’ कार्यक्रम शुरु भएकाे छ । विद्यालयमा कार्यरत शिक्षक तथा विद्यार्थीले आ–आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई उपहार स्वरूप फूलसहितको गमला दिने कार्यक्रम शुरु भएकाे हाे । विद्यालयको सौन्दर्यकरणका लागि याे कार्यक्रम शुरु गरेको प्रधानाध्यापक टिकाराम राईले बताउनुभयाे ।
शिक्षक तथा विद्यार्थीको नाम र जन्ममिति उल्लेख गरिएको फूलसहितको गमला विद्यालयको पेटीमा लहर मिलाएर राख्ने गरिएको छ । जन्मदिनको नाममा मिठाई र चकलेटमा हुने खर्चले गमला किन्ने र फूलको बिरुवा सङ्कलन गरेर विद्यालयलाई उपहार दिनमा उपयोग गर्न विद्यालय व्यवस्थापन समितिकाे निर्णयअनुसार याे कार्यक्रम शुरु भएकाे हो ।
‘जन्मदिनमा अन्य शीर्षकमा हुने खर्चलाई सदुपयोग गर्नका लागि विद्यालयलाई फूलसहितको गमला उपहार दिने कार्यक्रम ल्याइएको हो’, प्रधानाध्यापक राईले भन्नुभयाे, ‘यो कार्यक्रम शुरु गरेपछि विद्यार्थीमा कहिले मेरो जन्मदिन आउँछ र फूलसहितको गमला ल्याउँ भनेर चासो बढेकाे पाइएको छ ।’
२०३६ सालमा स्थापना भएको कालिका आधारभूत विद्यालयमा अहिले ५८ जना विद्यार्थी अध्यायनरत छन् । विद्यार्थीले इको हिमाल नामक संस्थाको सहयोगमा विद्यालय नजिकै तरकारी खेती पनि लगाएका छन् । मुला, बन्दाकोभी, फुलकोभी, प्याज लगायतको बिउ र बेर्ना पाएका विद्यार्थीले रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र बिक्री गर्ने गरेका छन् । गएकाे भदौदेखि तरकारी खेती लगाएका विद्यार्थीले तीन हजार रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरिसकेका छन् । तरकारी खेती गर्ने क्रममा विद्यार्थीको उत्साहजनक सहभागिता रहने गरेको छ । घरमा काम गर्न अल्छी गर्ने विद्यार्थीसमेत विद्यालयको तरकारी खेतीको काममा अग्रसर हुने गरेको राईले बताउनुभयाे । विद्यालयले इको हिमालकै सहयोगमा दुई शय्याकाे किशोरी आराम कक्ष पनि स्थापना गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।