सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल आर्थिक पत्रकार समाज (सेजन) को यस वर्षको सेजन ब्राेडकास्टिङ मिडिया अवार्डबाट उज्यालोकर्मी अर्जुन पोख्रेल पुरस्कृत हुनुभएकाे छ ।
सेजन डे को अवसरमा आज शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा पोख्रेलले विधागतर्फ सेजन ब्रोडकास्ट अवार्ड प्राप्त गर्नुभएको हो । नेपालको आर्थिक, सामाजिक विकास एवम् सुशासन प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्याएकाेमा पोख्रेल पुरस्कृत हुनुभएको हो ।
सेजनले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट समाचारलाई प्रदान गर्ने सेजन अवार्ड यस वर्ष कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरेको छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ बारेको समाचारका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य एवम् पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।
भोला चालिसे लिबरल जर्नालिजम अवार्ड हिमाल खबरका रमेशकुमार न्यौपानेलाई दिइएको छ । त्यस्तै सेजन डिजिटल मिडिया अवार्ड क्लिकमान्डुका राजेश बर्मा, सेजन छापा माध्यम अवार्ड नयाँ पत्रिका दैनिकका मुना कुँवर तथा स्वः सञ्जय न्यौपाने, रिसर्च ग्रान्ट कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेलाई प्रदान गरिएको छ । सेजन डेका अवसरमा वार्षिक प्रकाशन ‘अर्थनीति’ पनि विमोचन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।