सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न चेतावनी दिएको छ ।
विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह 'क' र समूह 'ख' का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो ।
औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन नै बिक्री–वितरण भएको पाइएको विभागले जनाएको छ । एन्टिबायोटिक औषधिहरू समेत विना प्रेस्क्रिप्सन बिक्री–वितरण हुँदा जीवाणुहरुमा औषधि प्रतिरोधी क्षमता वृद्धि भइ अत्यावश्यक परेका बेला औषधिले काम नै नगर्ने अवस्था समेत आएको भन्दै विभागले सचेत गराएको छ ।
ऐनमा उल्लेख भएविपरीत त्यस्ता औषधि बिक्री गरेको पाइए कारबाही हुने विभागले चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।