सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ ।
प्राधिकरणको यो निर्णयसँगै नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने भएको छ । प्राधिकरणले निर्णय नै गरेर आफ्नो एक्स अर्थात् ट्विटर पेजमार्फत निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवालाई अब कानुनअनुसार प्रतिस्पर्धामार्फत गराउने निर्णय गरेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एअरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । यो प्रक्रिया आजदेखि नै शुरु हुनेछ । प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।
‘मापदण्ड पुगेका एअरलाइन्सले पनि ग्राउण्ड ह्याण्डलिङ सेवाको प्रतिस्पर्धामा भाग लिन पाउनेगरी निर्णय भएको छ, यसमा नयाँ एअरलाइन्सले पनि अवसर पाउँछन्' प्रवक्ता निरौलाले भन्नुभयो ।
प्राधिकरणले यो निर्णय युरोपियन युनियन (ईयू) ले नेपाली वायु सेवालाई आफ्ना सदस्य देशमा लगाएको प्रतिबन्धको निरन्तरता दिने निर्णय गरेको दोस्रो दिन हिजो गरेको हो । निगमको मुख्य आम्दानीको स्रोत रहेको ग्राउण्ड ह्याण्डलिङ सेवा बन्द भएमा निगम थप आर्थिक रुपमा कमजोर हुने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।