नेपाल सुपर लिगमा धनगढी र ललितपुरले गोल रहित बराबरी खेले

 मंसिर १६, २०८० शनिबार १९:५३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ । 

दुवै टिमले गाेल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुवै टिम अपराजित छन् । दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी खेल हाे । ललितपुरले भने पहिलो खेल जितेको थियो तर त्यसपछिका दुई खेल भने उसले बराबरी खेलेको  छ । आज शनिवारको खेलपछि धनगढी ७ अङ्कका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा रहेकाे छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया