अमेरिकी महान्यायधिवक्ता सेसन बर्खास्त

 कात्तिक २२, २०७५ बिहिबार १०:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायधिवक्ता जेफ सेसनलाई बर्खास्त गरेका छन् । बुधबार उनले ट्वीट गर्दै प्रधानन्यायधिवक्ता जेफ सेसनलाइपदमुक्त गरिएको जानकारी गराएका हुन् ।

‘हामी महान्यायधिवक्ता जेफ सेसनलाई उहाँको कामको लागि धन्यवाद दिन्छौं र उसको प्रगतिको कामना गछौं’, ट्रम्पले ट्वीटमा भनेका छन् । राष्ट्रपतिको चुनावको बेला ट्रम्प क्याम्पेनमा रुसको संलग्नताबारेको छानबिनको विषयलाई लिएर ट्रम्पले सेसनलाई बर्खास्त गरेको बीबीसीले उल्लेख गरेको छ । ट्रम्पले प्रधानन्यायधिवक्ताको जिम्मा म्याथ्यु वाइटेकरलाई दिएका छन् ।

 

वाइट हाउसका अनुसार ट्रम्प प्रशासनका प्रमुख जोन केलीले बुधबार ट्रम्पले मध्यावधि चुनावबारे पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभन्दा अगाडि सेसनलाई जागिरबाट फिर्ता बोलाएका थिए ।

ट्रम्पको विजयीमा रुसको संलग्नताको विषयमा सेसनकाे अनुसन्धानको विषयलाई लिएर सेसनको जागिर खोसिएको हो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया