एरिक विष्टकाे उत्कृष्ट फ्री–किक गाेलमा बुटवलकाे पहिलाे जित

 मंसिर १७, २०८० आइतबार २०:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ ।

आज आइतवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा बुटवलले स्पोर्टिङ इलामलाई २–१ गाेल अन्तरले हरायाे । निकै रोमाञ्चक खेलकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकिएकाे थियाे । 

दाेस्राे हाफकाे शुरुमै बुटवलले अग्रता लियाे । खेलकाे ४९ औँ मिनेटमा जिलेस्पी जङ्ग कार्कीले दिएकाे पासमा बिनाेङले गाेल गरे । खेलकाे ७८ औँ मिनेटमा इलामका सन्तोष खत्रीले बक्स बाहिरबाट गरेकाे प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले गाेल गर्दै टाेलीलाई १–१ काे बराबरीमा ल्याए । तर खेलकाे ८८ औँ मिनेटमा भने एरिक विष्टले फ्री–किकमा उत्कृष्ट गोल गर्दै बुटवलकाे जित सुनिश्चित गरे । झन्डै ३५ यार्ड टाढाबाट एरिकले बायाँ कर्नरमा प्रहार गरेकाे बल इलामका गाेलकीपर विकेश कुथुले बचाउने प्रयास गरे पनि गाेल टार्न सकेनन् ।

जितपछि बुटवलले ३ खेलमा ३ अङ्क जाेडेकाे छ । इलामले पनि ३ खेलमा ३ अङ्क नै जाेडेकाे छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया