महाधिवेशन मितिबारे एकीकृत समाजवादीले निर्णय गर्न सकेन

 मंसिर १८, २०८० सोमबार १८:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय महाधिवेशन मितिबारे अनिर्णित भएकाे छ । आज साेमवार बसेकाे सचिवालय बैठकमा महाधिवेशनबारे छलफल भए पनि निर्णय नभएकाे पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

प्रवक्ता खतिवडाले महाधिवेशनका लागि पूर्वनिर्धारित मिति (माघ १४–१८) मा गर्नका लागि देशको अवस्था र तयारीका कारण प्रभावित भएकाे भन्दै यस सम्बन्धमा भाेलि मङ्गलवार बस्ने बैठकमा आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘आजकाे बैठकमा राष्ट्रिय महाधिवेशनबारे पनि छलफल भयाे । महाधिवेशनकाे सन्दर्भमा मङ्गलवार बस्ने बैठकमा निर्णय गर्छाैँ ।’

यस्तै बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयाे ।

प्रवक्ता खतिवडाले मध्यावधि चुनावकाे कुनै सम्भावना नरहेकाे भन्दै केही राजनीतिक दलहरूले सरकारलाई अस्थिर बनाउने र कमजोर पारेर राजनीतिक रोटी सेक्नका लागि हल्ला गरेको टिप्पणी गर्नुभयो ।

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि मङ्गलवार बिहान ११ बजे पुनः बस्नेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया