सरकारलाई ओलीकाे प्रश्न– स्वयंसेवकले ८ सय १३ वटा अस्थायी आवास बनाउँदा के हेरेर बसेको ?

 मंसिर १९, २०८० मंगलबार १९:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा आठ सय १३ वटा अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज मङ्गलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुग्नुभएका ओलीले यस्तो बताउनुभएको हो । उहाँले ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्वयंसेवक आएर ८ सय १३ वटा अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? हामीले यो सङ्ख्यालाई २ हजार पुर्‍याउने भनेका छौँ । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । विना पैसा हामीले ८ सय १३ वटा घर निर्माण गरेका छौँ ।’

अध्यक्ष ओलीले देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रूपमा पुग्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया