‘क्वान्टिको’ विवाद पछि प्रियंकाले मागिन माफी

 जेठ २७, २०७५ आइतबार ११:१४:८ | एजेन्सी
unn.prixa.net

हलिउडमा ‘क्वान्टिको’ सिरीजले एकाएक ग्लोबल आइकन बन्न सफल अभिनेत्री प्रियंका चोपडा सोही सिरीजका कारण अहिले विवादमा तानिएकी छिन् ।

‘क्वान्टिको’मा हिन्दु आतंकवादसँग सम्बन्धित एक दृश्यलाई लिएर आइतबार उनले ट्वीटरमार्फत माफी मागेकी छिन् । यस अघि ‘क्वान्टिको’ सिरीजका निर्माताहरुले समेत यसै विषयलाई लिएर माफी मागेका थिए । 

प्रियंकाले सोही विषयमा आइतबार ट्वीट गरेकी छिन । उनले ‘क्वान्टिको’ को पछिल्लो विवादित अंकमा कसैको भावनामा ठेस पुगेकाले आफूलाई धेरै दुःख लागेको र त्यस प्रति माफी माग्न चाहेको बताएकी छिन् ।  उनले आफूले जानीजानी कसैको भावनामा ठेस पु¥याउने उद्देश्य नरहेको पनि बताएकी छिन् ।

 

‘क्वान्टिको’ अमेरिकाको चर्चित टेलिभिजन सिरीज हो । यस सिरीजको तेस्रो सस्करणको ‘द ब्लड आफ रोमियो’ मा देखाइएको दृष्यलाई लिएर सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो । जुन दृश्यमा एक भारतीय हिन्दुलाई आतंककारी भनिएको छ । उक्त संवाद प्रियंकाले बोलेकी छिन् । 

तसर्थ अधिकांश भारतीय नागरिक प्रियंकामाथि खनिएका थिए । चर्को विरोध पछि ‘क्वान्टिको’का निर्माताहरुले माफि माग्दै प्रियंकाको यसमा कुनै भूमिका नभएको बताएका थिए ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया