क्यालिफोर्नियामा रात्री क्लबमा गोली प्रहार, १२ जनाको मृत्यु

 कात्तिक २३, २०७५ शुक्रबार ७:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्री क्लबमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ ।

पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई गोली हानेको हुनसक्ने बताइएको छ ।

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । ती व्यक्ति अमेरिकाको सुरक्षा संयन्त्र म्यारिन कोर्पसका २८ वर्षका पूर्व कर्मचारी लान डेभिड रहेको प्रहरीले जनाएको छ ।

उनी मानसिक रोगी भएको पनि प्रहरीले उल्लेख गरेको  छ । उनलाई यसै वर्ष ‘एबनर्मल’ व्यवहार देखाएको भन्दै जागिरबाट बर्खास्त गरिएको थियो । प्रहरीका अनुसार उनी कालो कपडा लगाएर बारमा गएका थिए । आफूले कानूनी रुपमा लिएको बन्दुकले उनले बारमा आक्रमण गरेका थिए ।

आक्रमणमा १० जना घाइते भएको जनाइएको छ । त्यो डान्सबारभित्र १२ सय जना मानिस रहेका थिए ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया