अफगानिस्तानले दियाे नेपाललाई २ सय ६२ रनकाे लक्ष्य

 मंसिर २४, २०८० आइतबार १५:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २ सय ६२ रनकाे लक्ष्य दिएकाे छ ।

दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयाे । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए । 

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएकाे थियाे ।

प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह 'बी' मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया