ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे

 मंसिर २४, २०८० आइतबार २०:३७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाण्डाैकाे काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–५ बूढानीलकण्ठ, काठमाण्डाैकै चन्द्रागिरि नगरपालिका–१३ दहचोक, चितवनको भरतपुर महानगरपालिका–८ शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरूबाट आज आइतवारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भएकाे छ । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३ सय ५५ शाखा, ३ सय ७६ एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएकाे छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया