चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा, विमलले पेनाल्टीमा 'मिस' गरे

 मंसिर २८, २०८० बिहिबार १९:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एफसी चितवनलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) काे शीर्ष स्थानमा उक्लिएकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भएकाे खेलमा धनगढीले चितवनलाई १–० गाेलले हरायाे । धनगढीका अफिज ओलावालेले खेलकाे दाेस्राे मिनेटमा गरेकाे गाेल नै निर्णायक भयाे । चितवनले खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयकाे चाैथाे मिनेटमा पेनाल्टीकाे अवसर पाए पनि विमल घर्तीमगरले गाेल गर्न सकेनन् ।

याे जितसँगै शीर्ष स्थानमा रहेकाे धनगढीले ५ खेलमा ११ अङ्क जाेडेकाे छ । धनगढीमा प्रतियाेगितामा अहिलेसम्म अपराजित छ । चितवन ६ खेलमा ५ अङ्कसहित तालिकाकाे ७ औँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया