धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन बालकृष्ण खाण अदालतमा, छुट्न केही समय लाग्ने

 मंसिर २९, २०८० शुक्रबार १४:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाण्डाै जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

हिजाे बिहीवार उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएसँगै त्यसकाे प्रक्रिया पुर्‍याउन उहाँलाई जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाणले जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुभएकाे छ ।

अदालतमा उहाँले धरौटी रकमअनुसारको बैंक ग्यारेन्टी बुझाए पनि छुट्न केही समय लाग्नेछ । अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि खाणलाई छोडिने छ ।

खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ पर्नुभएको थियो । खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएकाे असार १ गते पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डाै जिल्ला अदालतले आदेश दिएको थियो । त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया