चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युक्रेनका लागि हङ्गेरीले रोकेको ५० अर्ब युरो सहायताको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले आउँदो शिखर सम्मेलनमा सहायता प्याकेजको अवरोध हटाउन उपायहरुको खोजी गर्ने बताउनुभयो । ब्रसेल्समा ईयू नेताहरुसँगको भेटपछि प्रमुख लेयेनले अबको दोस्रो हप्ता अर्थात् अर्को वर्षको शुरुमै हुने शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ ।
हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै युक्रेनको सहायता रोकेको छ । रुससँगको लडाइँमा युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा निर्भर छ । हङ्गेरीको रुससँग निकट सम्बन्ध छ । उसले लामो समयदेखि युक्रेनको ईयू सदस्यताबारे विरोध जनाए पनि त्यसलाई लिएर भिटो प्रयोग गरेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।