अदालतमा एआईको प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुन्छु : प्रस्तावित न्यायाधीश ढकाल

 पुस २, २०८० सोमबार १९:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले अदालतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई संस्थागत गर्न क्रियाशील हुने बताउनुभएको छ ।

आज सोमवार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश ढकालले अदालत व्यवस्थापनको काममा एआईको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू रहेको उल्लेख गर्दै दीर्घकालीनरूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा संस्थागत गर्ने स्पष्ट पार्नुभयो । उहाँले कोर्टरुम टेक्नोलोजीको प्रयोग गरी मुद्दा व्यवस्थापन, सुनुवाइ र बहस व्यवस्थापन गर्न अहिलेकाे अवस्थालाई थप सुदृढ पार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एआई प्रयोग हुँदै आएको वर्तमान समयमा अदालत व्यवस्थापनको काममा यस प्रविधिको प्रभावकारिता अनुभव गरिएका दृष्टान्तहरू छन् । तसर्थ दीर्घकालीनरूपमा विवेक प्रयोग गर्नुपर्ने र मानवीय उपस्थिति अत्यावश्यक पर्नेमा बाहेक न्याय प्रशासनको अभिन्न पक्षका रूपमा एआईको प्रयोगलाई संस्थागत गर्ने काममा क्रियाशील हुन चाहन्छु ।’

प्रस्तावित न्यायाधीश ढकालले सामाजिक सुरक्षा, समानुपातिक सहभागिता र वातावरणीय स्वच्छतालगायत संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गराउने पनि बताउनुभयो । त्यसैगरी पर्यावरणीय सन्तुलन, उपभोक्ता अधिकारको सम्बोधन एवम् सामाजिक न्याय र समावेशिताजस्ता कुराहरूलाई पनि कार्यान्वयन गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया