राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

 पुस ४, २०८० बुधबार १६:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । संसदीय समितिले नाम अनुमोदन गरेर पठाएका छ जनालाई राष्ट्रपतिले आज बुधवार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश सारङ्गा सुवेदी, उच्च अदालत हेटौँडाका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशहरू महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । छ जना न्यायाधीशको नाम आजै संसदीय सुनवाइ समितिले अनुमोदन गरेको थियो ।

प्रस्तावित न्यायाधीशहरूमाथि गएको शुक्रवारदेखि सुनुवाइ शुरु भएर अस्ति साेमवार सकिएको थियो । प्रस्तावित न्यायाधीहरूविरुद्ध उजुरी परे पनि उजुरीको खण्डन गरेपछि समितिले नाम पारित गरेको हो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया