इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै

 कात्तिक २४, २०७५ शनिबार १४:२०:३ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार सवा ६ बजे कार्डिफ सिटी र ब्राइटन आमने सामने हुनेछन् । 

ब्राइटनले ११ खेलबाट १४ अंक जोड्दै तालिकाको १२औं स्थानमा रहँदा कार्डिफ ५ अंक सहित १९औं स्थानमा छ । आजै राति पौने ९ बजे ४ वटा खेल हुने छन् । जसमा हडल्सफिल्डले वेस्टह्यामसँग प्रतिस्पर्धा गर्ने छ । वेस्टह्याम १३ औं तथा हडल्सफिल्ड १८औं स्थानमा छ ।

यसैगरी लेस्टर सिटी र बर्नले आमने सामने हुने छन् । लेस्टर १०औं स्थानमा रहँदा बर्नले १५औं स्थानमा रहेको छ ।

न्यूक्यासल युनाइटेड र एएफसी बर्नमाउथको खेल पनि राति पौने ९ बजेनै हुने छ । बर्नमाउथ २० अंक सहित छैटौं स्थानमा रहदा न्यूक्यासल रेलिगेशन जोनभन्दा मात्रै माथि छ । 

साउथ ह्याम्पटन र वाटफोर्ड पनि आजै राति भिड्ने छन् । १९ अंकसहित आठौं स्थानमा रहेको वाटफोर्ड विजयी भए कम्तिमा एक स्थानमाथि आउने छ ।

साउथह्याम्पटन १६औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गगत आज रातिको अन्तिम खेलमा क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर सवा ११ बजे खेल्नेछन् । 

२४ अंक जोड्दै चौथो स्थानमा रहेको टोटनह्याम आजको खेलमा विजयी भए २७ अंक जोडे पनि गोल अन्तरका आधारमा त्यही स्थानमा यथावत रहने छ । क्रिष्टल प्यालेस भने १४औं स्थानमा छ
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया