राष्ट्रिय सभा चुनावका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र ताेकियाे

 पुस ५, २०८० बिहिबार १५:२४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयाेगले आज बिहीवार मतदान स्थल र मतदान केन्द्र ताेकेकाे छ । आयाेगले प्रत्येक प्रदेशमा १/१ वटा मतदान स्थल र त्यही मतदान स्थलमा २/२ वटा मतदान केन्द्र रहने गरी ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम धनुषा, बाग्मती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय ब्लक 'एफ'  प्राविधिक भवन हेटौँडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदान स्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले मतदान गर्नका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने छन् ।

मतदान केन्द्रको विवरण आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको आयाेगले जनाएकाे छ । तोकिएका मतदान केन्द्रमा आउँदाे माघ ११ गते बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुने छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया